१३ औं रुपा तालबेसी फागु महोत्सव फागुन तेस्रो सातादेखि

पाेखरा | फागुन १६, २०७९

१३ औं रुपा तालबेसी फागु महोत्सव फागुन तेस्रो सातादेखि

पोखरा:    १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो।


 महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उनले बताए । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको अभिव्यक्ति उनको छ । पर्यटकहरुका लागि राम्रो गन्तव्य तालबेसीको प्रचारप्रसारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको हो ।


गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङले तालबेसीको विकासमा आफु प्रतिबद्ध भएको बताए । उनले महोत्सवलाई सफल पार्न गण्डकी सरकारबाट हुने सहयोग गर्ने आश्वासन दिए । ‘रुपा तालबेसी फागु महोत्सव संस्कार झल्काउने कार्यक्रम हो । जसलाई सफल पार्ने दायित्व हामी सबैको हो । गण्डकी सरकार र मेरो व्यक्तिगत तर्फबाट हुन सक्ने सहयोग गर्छु ।’, उनले भने । उनले महोत्सव जस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताए । ग्रामीण भेगको संस्कृतिको उन्नयनका लागि महोत्सवले महत्पूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।


आइतबार मात्रै महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर।।।’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेखेका हुन् । धन बहादुर गुरुङले संगीत भरेको गीतमा स्वर गायिका उषा गुरुङको छ । गीतको म्युजिक भिडियोलाई कलाकार एवम् निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । सुमन गुरुङ, कुशल गुरुङ, डीबी गुरुङ र आइतराम गुरुङको अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तालबेसीकै वरिपरि स्थानमा गरिएको हो ।


कलाकार एवम् म्युजिक भिडियो निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोमा गाउँको कथालाई प्रेमिल रुपमा प्रस्तुत गर्न खोजेको बताए । गीतले राम्रो सफलता पाउनेमा उनी आशावादी देखिन्छन् । सप्तरङगी क्लबले वर्षेनी गर्दै आएको रुपा तालबेसी फागु महोत्सवको प्रचारप्रसारमा गीत मार्फत थप टेवा पुग्ने विश्वास उनको छ ।

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्